27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रधानमन्त्री प्रचण्डको राजीनामा नदिने अडान कायमै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नदिने अडान कायम रहेको छ । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका दाहाललाई राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको लिने बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो ।

असार १७ गते कांग्रेस र एमालेले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको थियो । यो सहमतिपछि अल्पमतमा परेका प्रचण्डले ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज