27.1 C
Kathmandu
Monday, July 22, 2024

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै ,यस्तो छ बैठकको उद्देश्य…

काठमाडौं ।नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न बैठक बस्न लागेको हो । आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।

एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज