27.1 C
Kathmandu
Monday, July 22, 2024

एमालेको आरोप- सत्ता साझेदार दल जानकारी नदिई प्रचण्डले वैकल्पिक सरकारको बहस चलाउनुभयो

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको आरोप लगाएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता प्रदीप ज्ञवालीले सत्ता साझेदार दललाई कुनै जानकारी नदिएर प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको बताए ।

ूबहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो,ू ज्ञवालीले भने ।

उनले गत फागुन २१ गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले ब्ल्याङ्क चेकमा सही गरेजस्तो गरी सहयोग गरेको पनि बताए ।

उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज