21.1 C
Kathmandu
Tuesday, July 23, 2024

गिरिजाको फोटो प्रदर्शनीमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पुगे सानेपा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा आयोजित फोटो प्रदर्शनीमा सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

राजनीतिक समीकरण फेरबदलका लागि कांग्रेसले नेकपा एमालेसँग समझदारी गरेपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको यो पहिलो भेटवार्ता हो । पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ । कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन् ।

२०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँच पटक प्रधानमन्त्री भए। उनको निधन २०६६ साल चैत ७ गते भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज