21.1 C
Kathmandu
Tuesday, July 23, 2024

देउवाले प्रचण्डलाई भने– एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले सात बुँदे सहमति गरेका छन् ।

मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति पढेर सुनाए । त्यसपछि नेताहरुले धारणा राखिरहेका बेला कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरे । प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोनमा के भएको हो भनी सोधेका एक पदाधिकारीले बताए ।

देउवालाई फोन गर्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यो भेटमा ओलीले ‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्नुभयो, तपाईँले पनि सहयोग गर्नुपर्‍यो’ भनेका थिए ।

सहमतिबारे ओलीले प्रष्ट नबताएकाले प्रचण्डले देउवालाई फोन गरेका थिए ।

जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको कांग्रेसका एक नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज