27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

नयाँ गठबन्धनको सहमतिसँगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज