27.1 C
Kathmandu
Monday, July 22, 2024

ओलीले आफूलाई झुक्याएको प्रधानमन्त्री दाहालको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको निश्कर्ष निकालेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि राजनीतिमा तरंग आएको भनेर माओवादी नेताहरुले धारणा सार्वजनिक गरेका छन् । प्रधानमन्त्री दाहालले आजै विहान बालुवाटारमा हाई कमाण्ड बैठक बोलाएका छन् ।

कांग्रेस र एमालेले नयाँ सरकार बनाउनको लागि सहमति गरेपनि आफूले विश्वासको मत लिनको लागि ३० दिनको समय पाउने भएकोले तत्काल प्रधानमन्त्री दाहाल राजीनामा नदिने मुडमा छन् । प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछानेबीच सोमबार राति अबेरसम्म कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।

एमाले नेताहरुले सरकार गठन गर्दा संविधानको धारा ७६ को २ अनुसार नै आह्वान हुनुपर्ने कुराको विश्वसनीयता खोजेका थिए । राष्ट्रपति पौडेलसँगको भेटपछि एमाले नेतृत्वले कांग्रेससँग सत्ता सहकार्यको सहमतिपत्रमा हस्ताक्षर गरेको दाबी गरिएको छ । यद्धपी सहमतिपत्र भने आज विहान अबेरमात्रै सार्वजनिक गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज