24.1 C
Kathmandu
Friday, July 26, 2024

पासपोर्ट र सहकारी प्रकरणमा गृहमन्त्रीको जवाफ- अदालतमा विचाराधीन मुद्दाबारे सदनमा बोल्न उपयुक्त नहोला

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अदालतमा विचाराधीन मुद्दाबारे सदनमा बोल्न उपयुक्त नहुने बताएका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेको पासपोर्टका विषयमा प्रश्न राखेका थिए ।

पौडेलले गृहमन्त्रीलाई सोधे, ‘गृहमन्त्री रवि लामिछानेको पासपोर्टबारेमा महान्यायाधीवक्ताले गरेको निर्णयका सम्बन्धमा सरकारको के धारणा छरु साथै पछिल्लोपल्ट सहकारी प्रकरणमा सोही कार्यालयले क्लिन चिट दिने संवैधानिक र कानुनी प्रावधान कहाँ के कस्तो छ रु सरकारले यसलाई नजिर मानेको हो । होइन भने महान्यायाधिवक्तालाई पदीय आचारण विपरीत कार्य गरेको अभियोगमा कारबाही किन नगर्ने रु’

सांसद पौडेलको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ‘यो दुवै विषयमा अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा विचाराधीन मुद्दाबारे सदनमा बोल्न उपयुक्त नहोला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज