27.1 C
Kathmandu
Monday, July 22, 2024

गृहमन्त्री ज्यु गिरीबन्धु टी स्टेटको फाइल अलरेडी छ पक्राउ गरेहुन्छ- ज्ञानेन्द्र शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले गिरीबन्धु प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न सुझाव दिए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले केही समयअघि ‘भ्रष्टाचारका सबै फाइल खोलिन्छन्, तर फाइल तयारी गर्न समय लाग्छ’ भनी दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले सर्वोच्च अदालतले फाइल तयार गरिदिएको बताए ।

‘गिरीबन्धु टी स्टेटको फाइल खोल्नुपर्छ भनेर हामीले संसद्मा आवाज उठाउँदैगर्दा अहिलेसम्म खोलिएको छैन । सम्मानित अदालतले फैसला गरेको छ । फाइल बनाउन पर्दैन । अलरेडी छ । पक्राउ गरेहुन्छ । माननीय गृहमन्त्री यहीँ हुनुहुन्छ, म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज