27.1 C
Kathmandu
Monday, July 22, 2024

चारैतिर निराशा फैलिएको बेला कांग्रेस र एमालेका भेटले आशाको सञ्चार जागेको छ- सांसद दीपक गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको भेटले देशमा आशाको सञ्चार गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलबीच संवाद र सहकार्य आवश्यक रहेको उनले बताए । ‘चारैतिर निराशा फैलिरहेको बेला संसदका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ उनले भने ।

‘निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न छलफल आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग समेत छलफल गरिनुपर्छ,’ उनले भने ।
कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको संवादबाट कसैलाई चिन्तित नहुन उनको आग्रह छ । ‘लोकतन्त्रका लागि लडेका दुई ठूला दलबीचको संवादबाट कोही पनि चिन्तित हुन आवश्यक छैन,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज