21.1 C
Kathmandu
Tuesday, July 23, 2024

नेकपा एसको नेतृत्व चयनका लागि इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनका लागि हुने मतदानमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने भएको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

हिजोबाट सुरु भएको महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । बन्द सत्रपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । निर्वाचन माधवकुमार नेपाल र घनश्याम भुषालबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

साथै पार्टीले जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्सीय बहस नोट कमिटी, डा। गंगालाल तुलाधर र डा. विजय पौडल सम्मिलित माइन्युट कमिटी पनि गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज