26.1 C
Kathmandu
Monday, July 22, 2024

देउवाले बोलाए पदाधिकारी बैठक,यस्ता छन् छलफलका विषय…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

कांग्रेस मुख्‍यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ ।

पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।
कांग्रेसका ११ वटा भ्रातृ संस्थाको तदर्थ समितिमै सीमित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज