27.1 C
Kathmandu
Monday, July 22, 2024

मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो- घनश्याम भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टीको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने उनको प्रतिबद्धता छ।

विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने भुसालले जिकिर गरे।

‘हामी विस्तृत छलफलका साथ म फेरि पनि त्यो संकल्पका हिसाबले भन्दैछु। आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र,’ उनले भने, ‘हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ।’

महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौँसम्म कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज