27.1 C
Kathmandu
Monday, July 22, 2024

चार सहिदको नाममा कार्यक्रम गरौँ भन्दा नगरसभा बैठक रोकेको बालेनको आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एमाले र कांग्रेसका नेताहरूले नगरसभा बैठक रोकेको बताएका छन् ।

एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ कार्यक्रम राख्न भनेका थिए । तर आफूले भने चार सहिदहरूको नाममा गर्न आग्रह गरेको उनले बताए ।

एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो,’ शुक्रबार सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका छन्, ‘मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ।’

उनले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान देखेको हुनसक्ने पनि बताएका छन्।

‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ उनले भनेका छन्, ‘त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज