27.1 C
Kathmandu
Monday, July 22, 2024

अध्यक्षको दाबी नछाडेको झलनाथ खनालको स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अध्यक्षको लागि आफ्नो दाबी कायमै रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष माधव नेपाल र घनश्याम भुसालले दाबी गरेका छन् । अध्यक्षमा दोहोरिने इच्छा राखेका नेपालले वरिष्ठ उपाध्यक्ष पद खडा गरेर भुसाललाई मनाउने कोशीस गरिएको छ ।

यता बुधबारमात्र अध्यक्षको दाबी छाडेका भनिएका सम्मानीत नेता झलनाथ खनालले आफ्नो दाबी कायमै रहेको बताएका छन् । बिहीबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा दाबी नछाडेको बताएका हुन् । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज