21.1 C
Kathmandu
Tuesday, July 23, 2024

सरकारले नयाँ लेटरग्रेडिङले धेरै विद्यार्थी फेल भएकोले यसलाई हटाउन ज्ञानु बस्नेतको माग

काठमाडौं । सांसद ज्ञानु बस्नेत सुवेदीले सरकारले नयाँ लेटरग्रेडिङले धेरै विद्यार्थी फेल भएको भन्दै उक्त प्रणाली हटाउन माग गरेकी छन्।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्,‘आज मात्रै बोर्डले एसइई नतिजा प्रकाशन गरेको छ,सभामुख महोदय यस वर्ष नयाँ लेटरग्रेडिङ निर्देशिकाअनुसार ५२.१४ प्रतिशत कक्षा ११,१२ पढ्न बन्चित गरिएको छ,यस प्रकारको परीक्षा प्रणालीले थोरै विद्यार्थीलाई अगाडि ल्याउने र आम विद्यार्थीलाई असफल र निरास बनाइ अझ विदेश पलायनको ढोका खोलेको छ,म सरकार र सम्बन्धित निकायलाई विद्यार्थीहरूको भविष्य खेलवाड नगरी यस्तो खालको प्रणाली सच्याउन माग गर्दछु सरकारले आम विद्यार्थीलाई असफल र निराश बनाई अझ विदेश पलायनको ढोका खोलेको हो।

आज सार्वजनिक भएको नतिजा अनुसार सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागु गरेसँगै ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना फेल ९एनजी० भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज