24.1 C
Kathmandu
Friday, July 26, 2024

असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ- देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले त्यो प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले अघिपछि विस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फछर्यौट लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए ।

सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे । राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने उल्लेख गरे ।

असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ । अहिले बजेट पास हुने, अर्को सालको असारमा काम गर्ने, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेट छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछर्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु, उनले भने ।

सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज