24.1 C
Kathmandu
Friday, July 26, 2024

महामन्त्रीले पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नु पार्टीकै हितमा छ- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिवेदनमा उल्लेख गरेको कुरा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बिहान पत्रकारले राखेको जिज्ञासामा गृहमन्त्रीसमेत रहेका लामिछानेले महामन्त्री डा. मुकुल ढकालले पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नु पार्टीको हितमै भएको जवाफ दिएका हुन् ।

पार्टीका महामन्त्रीले पार्टी सिकिस्त बिरामी छ, यही अवस्थामा जान सकिँदैन, पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नुभयो नि भनी पत्रकारले राखेको प्रश्नमा लामिछानेले भने, ‘पार्टीका महामन्त्रीजीले पार्टीको चिन्ता गर्नुभएको, उहाँले समीक्षा गर्नुभयो, त्यसलाई सही ढंगले उपचार गर्नुपर्छ भन्नु त बुझेर, नागरिककको प्रतिक्रिया लिएर भन्नुभएको हो। त्यत्रो अपेक्षा गरिएको छ, त्यो अपेक्षा पूरा गर्न त हामीले शल्यक्रिया नै नगरी हुँदैन है, भनेको कुरा त राम्रो कुरा हो नि, स्वाभाविक हो नि ।’

रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गतेदेखि देशव्यापी यात्रामा पठाएको थियो। यात्रा सकेर उनी असार ५ गते काठमाडौँ आइपुगेका थिए ।

यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढी नागरिकसँग अन्तर्क्रिया गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले प्रतिवेदन बुधबार सभापति लामिछानेलाई बुझाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज