27.1 C
Kathmandu
Monday, July 22, 2024

भ्रष्टाचारको फाइल खोलेर कांग्रेसका नेताहरुलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेलाई श्याम घिमिरेको खुल्ला चूनौती

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले गरिबी, अभाव र सांस्कृतिको दोषका कारण देशमा भ्रष्टाचार मौलाइरहेको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पछिल्लो राजनीतिक अवस्थाबारे विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एसियामै सबैभन्दा बढी भ्रष्टाचार विरोधी कानुन बनाएर पनि नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए ।

‘हामी भाकल गर्छौं, भगवानलाई पनि घुस खुवाउन खोज्छौं । संस्कृतिगत दोष पनि होला, त्यसैले भ्रष्टाचार हुन्छ । कतिपय कुरा भनेको गरिबी र अभावको कारणले पनि भ्रष्टाचार हुन्छ । कानुनको कुरा छ, दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचारविरोधी कानुन बनेको देश नेपाल हो,’– उनले भने ।

एउटा सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर नसक्ने उनको दाबी छ । उनले भ्रष्टाचार मौलाउनुमा राजनीतिकदेखि व्यूरोक्रेशीसम्म संरचना दोषी रहेको बताए । आजको दिनमा कुनै एउटा सरकारले भ्रष्टाचार नियन्त्रण गर्दिन्छु भन्यो भने पत्याउन सकिँदैन । राजनीतिक संरचना पनि दोषी छ, व्यूरोक्रेसीको पनि संरचना दोषी छ । एउटा सरकारले सम्पूर्ण भ्रष्टाचारलाई निमूर्ल गर्न सक्ने अवस्था छैन । अलिकति कमबेसी होला, तर निर्मूल गर्न सकिने अवस्था छैन,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले नेपालको अर्थतन्त्र एकदमै जटिलल मोडमा रहेको बताए । आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा साढे १२ खर्ब रुपैयाँ राजश्वको प्रक्षेपण गरिए पनि ब्यायको अनुमान भने साढे १८ खर्ब रहेको स्मरण राउँदै उनले ६ खर्बको अन्तर परिपूर्ति गर्दा देशलाई झनै ऋण थपिने बताए । नेता घिमिरेले आन्तरिक ऋण उठाउनु झनै खतरनाक रहेको बताए । उनले आन्तरिक ऋणका कारण निजी क्षेत्रले ऋण नपाउने समस्या आउनसक्ने बताए ।

‘नेपालको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा छ । अहिले लगभग साढे १२ खर्ब रुपैयाँ राजश्वको प्रक्षेपण गरिएको छ भने साढे १८ खर्ब खर्चको प्रक्षेपण गरिएको छ । आय र व्यायको बीचमा ६ अर्बको अन्तर छ ।’ उनले भने, ‘२४ खर्ब ऋण पुगिसक्यो । आन्तरिक ऋण र बाह्य ऋण लगभग आधा–आधा लिने भनिएको छ । आन्तरिक ऋण धेरै उठाउनु खतरनाक छ । आन्तरिक ऋणको समयावधि थोरै हुन्छ । ऋणको ब्याजदर बढी हुन्छ । व्यवसायिक विकासका लागि प्रयोग हुने तरलता सरकारले खिचेर लगिदिँदा समस्या हुन्छ ।’

साथै, बाह्य ऋण लिन पनि त्यति सहज नरहेको उनले बताए । अर्को वर्ष ३० खर्ब ऋण पुग्दा मुलुकलाई कतातिर पुर्याउने हो भन्ने प्रश्न उब्जिएको बताए । आगामी पाँच वर्षमा मुलुकले ऋण लिनसक्ने क्यापासिटी नै समाप्त हुने बताए । आगामी पाँच वर्षभित्र नेपालको लोनको लिमिट सकिने उनको दाबी छ ।

साथै, नेपालमा लगानीको वातारण नरहेको बताए । अहिले १० विघाको हदबन्दी राखिएको बताए । त्यो भन्दा बढी हदबन्दी छुटमा लिन पाइने अवस्था रहेपनि बेच्न नपाइने, बैंकमा राखेर ऋण लिन नपाइने लगायतको कानुनी जटिलताका कारण लगानी हुन नसकेको उनले बताए । १० विघाको हदबन्दी राखेर कृषिमा पनि औद्योगिक विकास हुन नसक्ने उनको दाबी छ ।

नेपालमा सबैभन्दा बढी धार्मिक, सहासिक र मनोरञ्जन टुरिजमको विकास गर्न आवश्यक रहेको उनले बताए । नेपालको लागि उपयुक्त विकासको माध्यम सर्भिस सेक्टर हुनसक्ने र त्यसमा पनि टुरिजम नै उपयुक्त रहेको बताए । उनले अख्तियार प्रमुख प्रेम राई कतिपय मुद्दामा पूर्वाग्राही भएको हो कि जस्तो देखिएको आरोप लगाए । ‘कतिपय मुद्दाहरुमा राजनीतिक मुख हेरेर, व्यक्ति केन्द्रीत भएर निर्णय गरिएको हो कि रु मुद्दा चलाउने, नचलाउने रु जस्तै, अहिले टेरामक्समा लामो समयदेखि अनिर्णित छ । कतिपय गम्भीर विषयमा अख्तियारले जुन ढङ्गले काम गर्नुपर्ने हो कमजोर देखिएको छ,’– नेता घिमिरेले भने ।

नेता घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसका नेताहरुलाई भ्रष्टाचार प्रकरणमा जेल हालेर देखाउन चूनौति दिए । उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्को रोस्ट्रममै उभिएर ‘भ्रष्टाचारको फाइल खोल्छु, मैले भ्रष्टाचारका फाइल खोले भने कांग्रेसका नेताहरु जेलमा हुनुहुनेछ’ भनेको स्मरण गराउँदै उनले को–को रु कहाँ–कहाँ भ्रष्टाचारी छन् रु खोजेर कारबाहीको दायरामा ल्याउन चूनौती दिए । यसरी भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएमा गृहमन्त्रीलाई स्यालुट गर्ने उनले बताए ।

‘गृहमन्त्री हामीसँग चिँढिनु नै भयो । हामीले उठाएका प्रश्नहरुले उहाँ चिँढिनुपर्ने आवश्यक्ता थियो कि थिएन ? अहिले छानविन समिति गठन भयो । अब कांग्रेसले यति गरेपछि ‘भ्रष्टाचारको फाइल खोल्छु, मैले भ्रष्टाचारका फाइल खोले भने कांग्रेसका नेताहरु जेलमा हुनुहुनेछ’ भनेर गृहमन्त्रीले संसद्कै रोस्टममा उभिएर भाषण गर्नुभएको छ ।’ उनले भने, ‘गरे भइगयो नि त रु म उहाँलाई खुल्ला चुनौति दिन चाहन्छु । गर्नुस्, त्यो भ्रष्टाचारी कहाँ–कहाँ छन् रु को–को छन् रु कांग्रेसमात्रै होईन, अन्य पार्टीमा पनि होलान् ? तपाईँ भ्रष्टाचारको अभियोगमा थुन्न सक्नुभयो र कानुनको दायरामा ल्याउन सक्नुभयो भने सबैभन्दा पहिला स्यालुट गर्न म पुग्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज