21.1 C
Kathmandu
Tuesday, July 23, 2024

पार्टी अहिलेकै तरिकाले चल्दै गए दुर्घटनामा पर्छ- रास्वपा महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी दुर्घटनामा पर्न लागेको बताएका छन् ।

पार्टीको मत बुझ्न देश दौडाहामा निस्केका उनले ३२ जिल्ला घुमेपछि तयार पारिएको प्रतिवेदनमा पार्टी अहिलेकै तरिकाले चल्दै गएमा दुर्घटनामा पर्ने निश्चित रहेको उल्लेख गरेका छन् ।

‘मैले पार्टी दुर्घटनामा जाँदै छ भन्ने स्पष्ट देखेँ,’ प्रतिवेदनबारे ढकालले भने, ‘अहिलेको अवस्थामा यही तरिकाले दुर्घटना हुन्छ ।’ उनले पार्टी सभापति रवि लामिछानेलाई आजै उक्त प्रतिवेदन बुझाउँदै छन्।
गृहमन्त्रालयमा पुगेर साँझ ६ बजे पार्टी सभापतिलाई प्रतिवेदन बुझाउन लागेको उनले बताए। ३२ जिल्ला घुमेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन लेखेको ढकालले सुनाए।
३२ जिल्ला घुम्दा वर्तमान अवस्थामा पार्टीको जनतम नदेखिएको भन्दै उनले यही अवस्थामा अहिले चुनाव हुने हो भने प्रत्यक्षमा एक–दुई सिटभन्दा धेरै जित्ने अवस्था नदेखिएको बताएका छन्।

भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने उनको भनाइ छ। प्रतिवेदनमा ढकालले महाभारतको उदाहरण दिंदै आफूले देखेको वास्तविक कुरा बताउँदा आफ्नो पद नै गएपनि पार्टीको लागि त्यो वास्तविकता बताउनुपर्ने आवश्यकता ठानेर प्रतिवेदन तयार गरेको उल्लेख गरेका छन्।

आफूलाई आफ्नो पार्टीको माया र चिन्ता रहेको भन्दै उनले आगामी राजनीतिक जीवनको लागि घातक नै भएपनि वास्तविक कुरा बाहिर ल्याएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज