21.1 C
Kathmandu
Tuesday, July 23, 2024

सहकारीको छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल
माग गरेको छ ।

समितिको बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिएकी छन् । “गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल मगाएका छौँ,” उनले भनिन् ।

गोरखा मिडिया नेटर्वक गृहमन्त्री रवि लामिछानेले कार्यकारी निर्देशक भएर चलाइएको संस्था हो । उक्त मिडिया हाउसअन्तर्गत ग्यालेक्सी फोर के टिभी सञ्चालनमा आएको थियो । यसको अध्यक्ष जीबी राई हुन् । मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप लाग्दै आएको छ ।
साथै समितिको कार्यक्षेत्रअन्तर्गत अनुसूची–२ मा रहेको नौवटा सहकारीको सम्बन्धी फाइल पनि सम्बन्धित सहकारीबाट मगाइएको उनले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज