24.1 C
Kathmandu
Friday, July 26, 2024

चिनियाँ उपविदेशमन्त्री तीनदिने भ्रमण सम्पन्न गरी फर्केए स्वदेश

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्केका छन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन सोमबार काठमाडौं आएका थिए ।

स्वदेश फर्कनुअघि उनले बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

चिनियाँ उपविदेशमन्त्री सुन मंगलबार काठमाडौंमा आयोजित नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी भएका थिए । नेपाल आएकै दिन सोमबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज