27.1 C
Kathmandu
Monday, July 22, 2024

कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञसँग छलफल गर्ने भएको छ ।

आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विधेयकमाथि विज्ञहरूसँग छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए ।

लगानी सहजीकरण विधेयकबारे पार्टीका सांसदहरूलाई जानकारी गराउने उद्देश्यले विज्ञसँग छलफल गर्न लागेको उनले बताए । छलफलमा पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदलाई उपस्थित हुन निर्देशन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज