27.1 C
Kathmandu
Monday, July 22, 2024

रास्वपा प्यूठानका संयोजक सुमन सुवेदीले पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् ।

मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सुबेदीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले रास्वपा परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जनाएका छन् ।

उनले मंगलबार फेसबुकमा लेखेका छन्, ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’ ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।’
यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिएको तर आफूले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न नसकेको सुवेदीले बताएका छन् । ‘यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ उनले लेखेका छन्, ‘यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ ।’

फरक देखिन र बोल्न सिकेर होइन, फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी भएको पनि उनले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज