27.1 C
Kathmandu
Monday, July 22, 2024

कुवेत सरकारले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भयो- परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । कुवेतले नेपालबाट थप कामदार लैजाने भएको छ । इरानको राजधानी तेहरानमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएका हुन् ।

“कुवेतमा अहिले एक लाख नेपाली छन् । अब तीन लाख पुर्‍याउने लक्ष्य छ,” इरानबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने ।
यस्तै, कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको उनले बताए ।

“उहाँले भेटमा कुवेतले यही वर्ष काठमाडौंमा दूतावास खोल्ने जानकारी गराउनुभएको छ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने ।

एसिया कोअप्रेसन डायलग ९एसीडी०को १९औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी उन उनी तेहरान गएका थिए । एसीडीको साइडलाइनमा उनले कुवेतका विदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् । ‍

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज