21.1 C
Kathmandu
Tuesday, July 23, 2024

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक, २०८१ पारित गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ ।
त्यसअघि विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो र बहुमतले पारित गरेको थियो ।

निर्णयार्थ प्रस्तुत गर्नुअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । सो क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज