25.1 C
Kathmandu
Monday, July 22, 2024

राष्ट्रलाई सबै एक भएर ठूलो योगदान दिनुपर्छ- शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए। उनले आदिवासी जनजाति एक भएर देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण गर्न सकिने बताए।

देउवाले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ। दाजुभाइहरू हुनुहुन्छ। अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ। त्यसकारण तपाईंहरु सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्। साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्। आपसमा मिलेर जाने हो, झगडा गर्ने होइन।’

सभापति देउवाले आदिवासी, जनजातिका माग सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज