27.1 C
Kathmandu
Monday, July 22, 2024

मन्त्रीहरूले नटेरेकोमा प्रधानमन्त्रीको स्पष्टिकरण- मैले भनेको मन्त्रीले टेरेनन् भन्ने परेको छैन…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूले आफूलाई नटेरेको भन्ने अहिलेसम्म नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई मन्त्रीहरूले नटेरेको भन्ने प्रश्न उठेपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीको सम्बन्ध माननीय सदस्यहरूले भन्नुभएको जस्तो असमझदारीले भएको होइन । हाम्रो काम गर्ने परम्परा र शैली विधि विधानलाई बदल्न नसकेको मात्र हो । प्रधानमन्त्रीको रूपमा मैले भनेको मन्त्रीले टेरेनन् भन्ने परेको छैन। मन्त्रीको आफ्नो बाध्यता पनि मैले हेरेको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज