27.1 C
Kathmandu
Monday, July 22, 2024

राजदूतबारे उठेको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- विगतमा पनि समीकरण परिवर्तन हुनासाथ हप्तादिनभित्रै परिवर्तन हुन्थ्यो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि पनि सत्ता समीकरण परिवर्तन हुनासाथ राजदूत परिवर्तन हुने गरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

विगतमा सरकार परिवर्तनको एक हप्तामै हुने गरेको भए पनि यो पटक आफू तीन महिनासम्म केही नगरी बसेको बताए।

‘राजनीतिक नियुक्तिमा गएकाको बारेमा मात्रै हामीले सिफारिस गर्ने गरेका छौँ । विगतमा पनि समीकरण चेन्ज भएपछि हप्तादिनभित्रै चेन्ज गर्ने गरिएकै त छ। फर्मल लोजिक मात्रै नगरौँ, माननीय सदस्यहरू,’ प्रधानमन्त्री प्रचण्डले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज