27.1 C
Kathmandu
Monday, July 22, 2024

हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका पहल भइरहेको छ- प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी लडाकु समूहको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि पहल भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“इजरायल सरकार, मध्यस्तकर्ता कतार सरकार तथा दुवै पक्षका निकटस्थ छिमेकी देश गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुरोध गर्दै औपचारिक र अनौपचारिक बैठकमा पहल भइरहेको छ,” उनले भने । प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीले अमेरिकाको भिसा पाउन समस्या भएका विषयमा आज बिहान मात्र अमेरिकी राजदूतसँग छलफल गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज