21.1 C
Kathmandu
Tuesday, July 23, 2024

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालकै हो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभागको समस्या समाधानका प्रकृया अघि बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘सीमाको नक्सा संशोधनपछि नेपाल भारत सुगौली सन्धी १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली नदी पूर्वको भूभाग नेपालका हो भन्ने कुरामा स्पष्ट छौं। भारत भ्रमणको क्रममा १९५० को सन्धी, शान्ति तथा मन्त्री सन्धी लगायत दुईपक्षिय सन्धीहरुलाई परिमार्जन र अध्यावधिक गर्न र सीमासम्बन्धी बिषयलाई स्थापित कुटनीतिकहरुमार्फत् समाधान गर्ने समझदारी भइएको छ।’

भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए ।

तर, नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्न उठ्दै आएको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाल-भारतका दुई पक्षीय संयक्र क्रियाशिल गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज