21.1 C
Kathmandu
Tuesday, July 23, 2024

यो अन्यायी बजेट फेल गरी गलत परम्पराको अन्त्य गरौं- सांसद रोशन कार्की

काठमाडौं। प्रतिनिधि सभा बैठक जारी छ । आज आगामी आर्थिक वर्ष ०८१/८२ को विनियोजित बजेट पारित हुँदैछ । बैठकमा परराष्ट्रसहित केही मन्त्रालयको विनियोजित बजेटबारे सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने र बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

बजेट पारित हुने कार्यसूची सार्वजनिक भएसंगै नेकपा एमाले, माओवादी केन्द्रलगायतले पक्षमा मतदान गर्न ह्वीपनै जारी गरेको छ । अन्य दलले पनि पक्षमा मतदान गर्ने तयारीमा छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा र जसपा नेपाललगायतले भने बजेटको विपक्षमा मतदान गर्नेछन् । बजेट पारित हुनैलाग्दा राप्रपाकी सांसद रोशन कार्कीले सत्तारुढ दलका सांसदलाई बजेट फेल गराउने प्रस्ताव अघि सारेकी छन् ।

बैठकको शून्य समयमा बोल्दै कार्कीले अन्यायी बजेट फेल गराउन आग्रह गरेकी हुन् । । ‘माननीयज्यू हरुलाई पनि यो जुन मन्त्रालयगत रकम छुट्टयाईएको छ । त्यसमा चित्त पटक्कै बुझेको छैन्’ उनले भनिन् ‘उहाँहरुको प्रस्तुतीबाट पनि थाहा पाईसक्यो । यो जस्ताको त्यस्तै कार्यक्रमाहरुलाई पास गर्नुपर्ने जुन गलत परम्परा छ । यसपटक म सभामुखमार्फ सत्तापक्षका माननीय सदस्यहरुलाई भन्न चाहान्छु । माननीयज्यू यो गलत परम्पराको अन्त्य गरौं । तपाई हामीबाट यो गलत परम्पराको अन्त्य गरौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज