27.1 C
Kathmandu
Monday, July 22, 2024

गृहमन्त्रीलाई रघुजी पन्तको प्रश्न- नेपालमा बसेर भारतीय वन रक्षकहरूलाई कहिले सम्म पैसा तिर्नुपर्ने ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा बसेर भारतीय वन रक्षकहरूलाई कहिले सम्म पैसा तिर्नुपर्ने भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पन्तले यस्तो प्रश्न गरेका हुन् ।

माछा मार्न गएका बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का खगेन्द्र सुनारलाई भारतीय वन रक्षकहरूले कुटपिट गरी खुट्टा भाँचिदिएका थिए । ‘सुनारलाई बन्दी बनाएर राखेका थिए, गाउँलेहरू गएर बल्लबल्ल छुटाएर ल्याए,’‘छुटाउँदा ५० हजार रुपैयाँ दिउँला भन्न उनीहरूलाई बाध्य पारे । तर ५० हजार दिन सक्ने त्यो विपन्न परिवारको अवस्था छैन’ उनले भने ।

सुनारलाई केही दिनअघि भारतीय वन रक्षकहरूले अपहरण गरी कुटपिट गरेको सा‌ंसद पन्तको भनाइ छ।

अहिले रातको समयमा फोन गरेर उनीहरूले छुटाउन जानेहरूलाई पठाउने कि गोली चलाऔं भन्ने धम्की दिने गरेको उनको भनाइ छ। ‘कुन बेला अपहरणमा पर्ने हो परिवार त्रसित छ,’ उनले भने।

विगतमा पनि यस्तै घटना भएको उनले सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज