21.1 C
Kathmandu
Tuesday, July 23, 2024

एमालेका ३० नेताको जम्बो टोली चीन भ्रमणमा

काठमाडौं । नेकपा एमालेका ३० नेताको जम्बो टोली चीन भ्रमणमा जाने भएका छन् । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार १० दिने चीन भ्रमणमा जान लागेका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु चिन जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा पोहोर महासचिव शंकर पोखरेलले यस्तै टोलीलाई लिएर गएका थिए । यस पटक भने उपमहासचिवको नेतृत्वमा जान लागीएको हो ।
भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत इलाम, सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज