27.1 C
Kathmandu
Monday, July 22, 2024

नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भैरहेको छ- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका २५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्ने तयारी भैरहेको बताएका छन् ।

प्रतिनिधिसभामा सोमबार बजेट माथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भएको जानकारी दिए ।

उनले बाल मन्दिरसहित स्काउट र बाँसबारीको जग्गाको फाइल बन्द नभएको पनि बताए ।

“टीकापुरको फाइल खुलेको छ, काम भइरहेको छ । वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ,” उनले भने ।

उनले पतञ्जली आयुर्वेदको फाइल पनि आजैबाट खुलेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज