23.1 C
Kathmandu
Friday, July 26, 2024

देशको राजनीतिले अझै कतिदिन अस्थिरता व्यहोर्नु पर्ने हो- रमेश लेखक

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अदेशको राजनीतिले अझै कतिदिन अस्थिरता व्यहोर्नु पर्ने भन्दै दुख व्यक्त गरेका छन् । आज नन्द्रप्रसाद शिवाकोटीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थिरता, समृद्धि, उन्नती, दीगो शान्ति, विकास, सुशासनको आवश्यकता रहेपनि राजनीतिक अस्थिरताले यी सबै कुराहरु ओझेलमा परेको बताएका हुन् ।

देशको राजनीतिले अझै कतिदिन अस्थिरता व्यहोर्नु पर्ने हो रु भन्ने कुराको टुङ्गो नरहेको पनि उनले बताए । उनले आफूहरुले राम्रो प्रधानमन्त्री खोजे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राम्रो जादुगरको रुपमा प्रस्तुत भएको उनले टिप्पणी गरे ।

‘सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होईन जादु हो भनेर भनिराख्नुभएको छ । अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । बडो विडम्बनामा हामीले बाँच्नु परिराखेको छ,’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज