21.1 C
Kathmandu
Tuesday, July 23, 2024

कांग्रेसभित्र फोहोर गर्नेहरूलाई भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिस धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टीको बद्‌नाम भएको उनले बताए ।

“कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन । कांग्रेसभित्रको सफाको अंश धेरै छ। तर, त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,” उनले भने ।
उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए । महामन्त्री थापाले कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज