27.1 C
Kathmandu
Monday, July 22, 2024

सरकारसंग पूर्णबहादुर घर्ती मगरको प्रश्न- अमेरिकी एयर फोर्सका जहाज नेपाल किन आयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अमेरिकी एयर फोर्सका ५ वटा जहाज नेपाल आएको विषयमा सरकारसँग जवाफ मागेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जवाफ मागेका हुन् ।

‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयर फोर्सको पाँच वटा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे । यसैगरी यही असार २ गते पनि मलेसियाबाट सोही एयर फोर्सको जहाज साँझ आएर बिहान फर्कियो’, घर्तीले भने, ‘यी जहाजहरुमा के सामान आयो ? कसका लागि ल्याइयो ? सामान्य हो भने प्राइभेट जहाज आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज