27.1 C
Kathmandu
Monday, July 22, 2024

बालेनलाई वडाध्यक्षको प्रश्न- हामी कसरी अराजक हुन सक्छौं ?

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ का वडाध्यक्ष नवराज पराजुलीले हामी कसरी अराजक हुन सक्छौं भन्दै बालेनलाई प्रश्न गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भने, ‘हामीले स्वतन्त्र मेयर भनेर कहिले अन्यथा सोचेका छैनौं, राम्रो काम गर्दा साथ दिएका छौं तर कमजोरी सच्याउन मान्नुभएन भने रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिनँ ।’

पराजुलीले २ असारमा नीति तथा कार्यक्रमको छलफलमा बालेनले छलफल स्थगित गरेर तीन राजनीतिक दलको गुटबन्दी भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति उनले दुख व्यक्त गरेका छन् ।

‘हामी जनताबाट निर्वाचित भएका हौं, अधिनायकवाद विरुद्ध लडेर आएका हौं । तर उहाँले हामीलाई निरंकुश भन्नुभयो । तर हामी कसरी अराजक हुन सक्छौं ? हामी मिलेर जान चाहन्छौं,’पराजुलीले भने ।

मेयर साहप्रति इंगित गर्दै उनले नेताहरूलाई व्यक्ति विशेष तोकेर स्टाटस हाल्दा मर्यादाको पनि ख्याल गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज