21.1 C
Kathmandu
Tuesday, July 23, 2024

कानुन न्याय र संघीय संसद सचिवालयका कर्मचारीहरुबीच छलफल

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भएको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी रहेको छ ।

संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा उत्रीएका थिए ।
उनीहरुको समस्या समाधानका लागि सरकारले यही असार ९ गते कानुनमन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य रहेका छन् ।

समिति र कर्मचारी प्रतिनिधिबीचको वार्ताका कारण आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक झण्डै एक घण्टा ढिला सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज