27.1 C
Kathmandu
Monday, July 22, 2024

मेलम्ची खानेपानी केही समयपछि बन्द हुन्छ- खानेपानीमन्त्री राई

काठमाडौं । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने स्पष्ट पारेका छन्।

आइतवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। मन्त्री राईले खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताए।

मन्त्री राईले बाढीको मात्रा बढ्नेबित्तिकै मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए। उनले खानेपानीको अभाव हुन नदिने गरी सरकारले योजना बनाएको दाबी पनि गरे।

मन्त्री राईले भने, ‘मेलम्ची खानेपानीको सुरुङ बन्द गर्ने हल्ला छ। त्यो चाहिँ बाढीका कारण हिलो आउने अनि भत्किने कारणबाट अहिले ठूलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन। केही समयपछि बन्द हुने कुरा पनि छ। त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्न हामीले अन्य विकल्प पनि सोचिएको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु।’

मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी शुरु गरिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज