27.1 C
Kathmandu
Monday, July 22, 2024

फ्लोर क्रस गरेपछि सांसद पद गुमाएका देवकोटाको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं। फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर पद गुमाएपछि सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा बसेको छ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेशी तोकिएको थियो । सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो ।

ह्विप उल्लंघन गर्दै कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही गरेको थियो।

माओवादीको चिह्न लिएर चुनाव लडे पनि निर्वाचन आयोगमा पेस गरेका आफ्ना सबै आधिकारिक दस्ताबेजमा नेपाल समाजवादी पार्टीलाई प्रतिनिधित्व गर्ने उल्लेख गरेको दाबी गर्दै देवकोटाले प्रदेश सभाको सबै कामकारबाही रद्द गर्न माग गर्दै रिट दायर गरेका हुन्।रिटमा प्रदेश सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सभा सचिवालय, माओवादी गण्डकी प्रदेश संसदीय दल, माओवादी केन्द्र गण्डकी प्रदेश समिति, माओवादी केन्द्र केन्द्रीय कार्यालय र निर्वाचन
आयोगसमेतलाई विपक्षी बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज