27.1 C
Kathmandu
Monday, July 22, 2024

विश्वप्रकाशको शर्मा आशंका- गृहमन्त्रीले जीबी राईलाई भगाउने नियतका साथ अभिव्यक्ति दिएका त होईनन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीको नियत जीबी राईलाई भगाउने भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले गृहमन्त्री रवि लामिछानेले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर उनले आशंकासमेत जनाए ।

शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो रु देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको हो । अब त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेसन पत्ता लागिसक्यो भनेको ४ दिन भयो । लोकेसन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ ? लोकेसन पत्ता लागिसकेको भनेको जीबी राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ?

मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धि नचाहिने शर्माको भनाइ थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज