21.1 C
Kathmandu
Tuesday, July 23, 2024

प्रधानमन्त्रीलाई गगनको सुझाव- आफ्नै मन्त्रीहरूले नटेरे बालुवाटारबाट डेरा सर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाहाललाई आफ्नै मन्त्रीहरूले नटेरे बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले यस्तो सुझाब दिएका हुन् ।

स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीसँग भेट्नुभएछ । प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेनन् । प्रधानमन्त्रीलाई कति पटक भन्ने हो यो रु यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरबार, बालुवाटारबाट डेरा सर्ने,’ थापाको भनाइ थियो ।

महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सरकारलाई सचेत गराए ।

महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजबिजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज