24.1 C
Kathmandu
Friday, July 26, 2024

कांग्रेसका सांसद तेजुलाल चौधरीले मागे भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभामा विनियोजन शीर्षकमा जारी छलफलमा भाग लिँदै सप्तरी-४ बाट निर्वाचित सांसद चौधरीले आफ्नो क्षेत्रमा एक रुपैयाँ पनि नछुट्याएको भन्‍दै भौतिकमन्त्रीको राजीनामा मागेका हुन् ।

उनले भने, ‘ मेरो निर्वाचन क्षेत्र सप्तरी-४मा 1 लाख त के ५० पैसा पनि बजेटि विनियोजन भएको छैन । देशको समग्र भौतिक पूर्वाधारको जिम्मा नलिने मन्त्रीको के काम ? त्यसकारण म भौतिकमन्त्रीको राजीनामा माग गर्दछु।’

चौधरीले भौतिकमन्त्रीको आफूसँग के दुस्मनी छ भनेर पनि प्रश्न गरेका थिए । जनकपुरको मन्त्री र बजेट लेख्नुपर्नेमा भौतिक पूर्वाधार लेखिएकोमा उनले रातो किताब फिर्ता गर्दै रोष्टममै छोडेर हिँडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज