24.1 C
Kathmandu
Friday, July 26, 2024

खानेपानी मन्त्री राईलाई सांसद कार्कीको आग्रह- बागमतीमा ढल मिसीयर यति गन्हाउँछ एकचोटी निरीक्षण गर्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले ’ खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई बागमतीमा गएर एकचोटी निरीक्षण गर्न आग्रह गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले बागमती किनार भएर यात्रा गर्दा गाडीको सिसा लगाउने गरेको बताइन् ।

‘बागमती के भएको छ थाहा छ मन्त्री ज्यु रु खुला ढल भएको छ । यति गन्हाउँछ कि तपाईं आफैँ एकचोटी निरीक्षण गर्न जानुस्’ खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई उनको आग्रह छ ।
थापाथलीदेखि गाडीको सिसा बन्द गरेर कुपान्डोल पुगेर मात्रै खोल्ने गरेको उनले सुनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज