27.1 C
Kathmandu
Monday, July 22, 2024

अबको सरकार धारा ७६ (२) बाटै बन्ने शेखरको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अब संविधानको धारा ७६ (२) कै सरकार बन्ने दाबी गरेका छन् । आज काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक बिद्यालयको छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेस–एमालेबीच पहिलो चरणमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । तर, माओवादीसहित केही कानुन व्यवसायी र संविधानका ज्ञाताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाए ७६ ९३० को अभ्यासमा जानुपर्ने बताउँदै आएका छन् ।

यसरी अब बन्ने सरकार संविधानको कुन धाराअन्तर्गत हुने भन्नेबारेमा विरोधाभास देखिइरहेको अवस्थामा नेता कोइरालाले ७६ (२) बाट केपी ओली नै प्रधानमन्त्री बन्ने धारणा राखेका हुन् । संविधानको धारा ७६ (३) अनुसार सरकार गठनका लागि आह्वान भएमा ओली प्रधानमन्त्री बन्न पाउँदैनन् ।

प्रचण्डलाई विश्वासको मत लिने अधिकार संविधानले नै दिएको स्मरण गराउँदै उनले कांग्रेस–एमालेले राजीनामा गर्नुपर्छ या विश्वासको मत लिनुपर्छ भन्नु कुनै फाइदा नरहेको उनले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज