27.1 C
Kathmandu
Monday, July 22, 2024

ओली राजन दाहालको प्रश्न- कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई के कारणले सहकार्य सुरु भयो, र तोडियो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा माओवादीको तर्फबाट सदनमा बोल्दै सांसद राजन दाहालले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘चार महिना अगाडि ओलीकै पटक पटकको प्रस्तावमा राजनीतिक र रणनीतिक हिसाबले अगाडि बढ्नुपर्छ भनेपछि कमरेड प्रचण्डले स्वीकार्नु भयो । त्यही अनुसार हाम्रो सत्ता सहकार्य अगाडि बढेको थियो। मैले यहीबाट प्रश्न गर्नुपर्छ, यहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो रु अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो रु’

उनले प्रचण्डले नेतृत्व गरेको सामाजिक न्याय, सुशासनको केन्द्रीय कार्यभारबाट किन भागेको भन्दै प्रश्न गरे। के कारणले सहकार्य सुरु भयो, र के कारणले तोडियो त्यसको जवाफ ओलीले दिनै पर्ने उनको तर्क छ।

सम्बन्धित समाचार

ताजा न्यूज