27.1 C
Kathmandu
Monday, July 22, 2024

ट्रेकिङ गाइड हुँदै वाइल्डलाइफ फोटोग्राफर प्रतापको यात्रा

धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं ११ स्थायी घर भएका प्रताप गुरुङ २०११ देखि विभिन्न चराहरूको अवलोकन गर्दै आएका छन् । त्यो समय बाट आज सम्म आइपुग्दा उनले ५०० भन्दा माथि चराहरुलाई क्यामेरामा कैद गरिसकेका छन् ।

ट्रेकिङ गाइड को रूपमा काम गर्दै आफ्नो रहर पूरा गर्दै आएका प्रतापले १९९४ देखि २००२ सम्म भारी बोकेर शेर्पाको काम गरे । २००२ पछि भने नेपाल सरकारबाट मान्यता तालिम लिएर ट्रेकिङ गाइडको लाइसेन्स लिएर नेपालका कुना काप्चा हिमाल पहाड तराई तिर टुरिस्ट लिएर गएको मिठो अनुभव सुनाउँछन् । हिमाल चढनु भएको छ भन्ने प्रश्नमा उनी भन्छन् अहिले सम्म नेपालमा कुनै हिमाल चडेको छैन तर तिब्बतको मानसरोवर पोखरी पोखरीको छेउमा कुरलामान्दाता हिमालको काखमा रहेको लारालुनामा ६५३६ मीटर सम्म एकजना पाउनासंग पुगेको अनुभव सुनाउँछन् । पर्यटकलाई प्रतापले दिएको सेवा प्रति एकदमै सन्तुष्टि र फेरि आउँदा आफूलाई नै खोज्ने भन्दै गर्व गर्छन।

नेपालमा पाइने सबै चरालाई नजिकबाट नियाल्न मन छ प्रताप लाई । फोटोग्राफीमा आउने सोच नभएका उनलाई काठमाडौंको शिवपुरीमा नयाँ प्रजातिको चरा देखें र आफ्नो साथीहरुलाई भन्दा विश्वास नगरेपछि उनलाई क्यामेरा प्रति आफ्नो विचार आयो । सुरुमा विगिनियार हुँदै निकोन र अहिले सोनी को क्यामेरामा रमाइरहेको बताउँछन् ।

सन् २०११ बाट वर्ल्ड वाचिङ गर्दागर्दै चरा, प्रकृति र वन्यजन्तुसँग रमाउन थालेका उनी आफ्नो क्षमता, लगाव र आत्मविश्वासले वाइल्डलाइफ फोटोग्राफरमा निखारीएको बताउँछन् ।

उनले समुद्र सतहको ९० मिटरदेखि ५ हजार १ सय मिटर उचाइमा पाइने चराका तस्बिर पनि खिचेका छन् । ‘नेपालमा अहिलेसम्म ५ सय ९२ किसिमका चरा देखेको छु,’ उनले भने, ‘५ सय १० वटाको फोटो नै खिचेको छु ।’ नेपालमा अहिले ८ सय ९४ प्रजातिका चरा पाइने पाईन्छ ।

सगरमाथा जाने बाटो गोक्यो ताल नजिक कोङमा हिउकुखुरा, रविन लेकचरी र हिमाली लेकचरीको तस्बिर पनि आफूले खिचेको उनले बताए ।
‘चरा र वन्यजन्तुको तस्बिर खिच्दै हिँड्छु,’ मन त्यसै आनन्द हुन्छ  उनले भने’ सन् २०१३ देखि फोटो खिच्न थालेका उनीे डाँफे, चिलिमे, मयूर, तिलहरी र स्वर्गचरीका मनमोहक र आकर्षक फोटो खिच्न पाउँदा उनी निकै हर्षित हुन्छन् ।

११ वर्षसम्म निकोनका ४ किसिमका क्यामरा चलाउँदा एउटा पनि बाघको फोटो खिच्न नपाएका उनले सोनी ब्रान्ड चलाएको ७ दिनमै बाघको फोटो खिच्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् । ‘त्यही भएर मलाई त सोनी ब्रान्डले फेबर गरिरहेजस्तो लाग्छ,’ उनले भने ।

बाघमात्र नभएर उनले तराईको लो ल्यान्डदेखि हाइल्यान्डसम्मका २५ थरी वन्यजन्तुका तस्बिर क्यामेरामा कैद गरेका छन् । गैंडा, कृष्णसार, चित्तल, बाह्रसिंग र जरायोदेखि पहाड र हिमालमा पाइने कस्तूरी, नाउर, घोरल, झारल र रेडपान्डालगायतका उत्कृष्ट वन्यजन्तुका फोटो पनि खिचेका छन् । उनले गत वर्ष मुस्ताङमा हिमालको मनमोहक वन्यजन्तु हिउँचितुवालाई क्यामेरामा कैद गरेको बताए ।

नेपालमा दुर्लभ हुटिट्याउको प्रजातीको दुर्लभ चरा २०१७ मा शुक्लाफाँट सिकारी ताल मा गएर क्यामेरामा कैद गरेका छन् । जीवनमा कहिल्यै नदेखेको चराहरू देखेको अनुभव सुनाउँछन् । फोटोग्राफीमा जाँदा बर्दियामा नेपालमा मात्र पाइने लोपन्मुख जनावर ब्ल्याक वाक को पनि र रेड पाण्डा बाघ जस्तो धेरै जनावरको फोटो कैद गरिसकेको छन्।

अहिले उनी मुलुकभरि पहाड र हिमालमा ट्रेकिङ गाइडका रूपमा काम गर्छन् । वाइल्डलाइफ फोटोग्राफी निकै खर्चिलो सोख भएको उनी सुनाउँछन् । उनी ल्यान्डस्क्याप फोटोग्राफीमा पनि उत्तिकै रमाउने गरेका छन् । आफूले सगरमाथा, अन्नपूर्ण, माछापुछ्रे र धवलागिरि लगायत हिमालको ल्याण्डस्क्याप फोटोग्राफी गरेको उनले बताए ।

जिन्दगीको कहाली लाग्दो दिन भनेर भूकम्प सम्झिन्छन् प्रताप भन्छन् दोस्रो जन्म नै हो यो मेरो । नेपाल सरकारले चराचुरुङ्गी र जनावरहरुले राम्रो सँग ध्यान दिन जरुरी रहेको उनी बताउँछन् । उनीहरूको बासस्थान को रक्षा गरिदिन अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज