27.1 C
Kathmandu
Monday, July 22, 2024

कांग्रेसले नै देशमा उन्नति गर्दै गएको आरजू राणाको दावी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणले नेपाली कांग्रेसले नै देशमा उन्नति गर्दै गएको बताएकी छन् ।

भक्तपुरको सल्लाघारीमा आयोजित रोपाइँ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘जब हामी हार्छौं, त्यसपछि देशले दुःख पाउँछ । अहिले पनि सत्तामा पुगेपछि कांग्रेसको लडाइँ हुने, फेरि विपक्षमा आएपछि सबै मिल्ने, यो चाहिँ हाम्रो नेताहरुले पनि यसको साइकोलोजी बुझ्नुभएको होला । मैले केन्द्रीय समितिको बैठकमा पनि उठाएँ, हाम्रो सबै कुरा एउटै छ भने एकजुट भएर लागौं । अहिलेसम्म जनताले हामीलाई नै विश्वास गरेका छन् । सबैभन्दा ठूलो पार्टी हाम्रै छ । जनताले दिएको विश्वास जित्दै जाँदा योभन्दा ठूलो पार्टी बनाउन सक्छौं ।’

नेपाली कांग्रेसले नै देशमा उन्नति गर्दै गएको उनले जिकिर गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज